बुधबार, असोज ६, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस क्षेत्र नं २ सिन्धु-काठमाडौ सम्पर्क समितिको कार्यालय स्थापना

कांग्रेस क्षेत्र नं २ सिन्धु-काठमाडौ सम्पर्क समितिको कार्यालय स्थापना


काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ सिन्धु-काठमाडौ सम्पर्क समितिको कार्यालय स्थापना भएको छ ।
आज नारायणटारमा अवस्थित सम्पर्क कार्यालयको जिल्ला सभापति बिकास लामाले उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रमको सभापतित्व सम्पर्क समितिका अध्यक्ष उद्वव बानियाँले गरेका थिए।

कार्यालय उद्घाटन पछि सभापति लामाले सम्पर्क कार्यालय नामको मात्र नहोस् कार्यान्वयनमा आओस् पुर्णतः पाओस् र कार्यालय उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए।यस्तो कार्यले कार्यकर्तालाई थप उर्जा मिल्ने बताए।

कार्यक्रममा उपसभापति शिव सुनार,क्षेत्रीय सभापति आइतमान तामाङ लगायतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!