Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिबाढीले लडाएको इस्ट पोइन्ट उठाउन सिन्धु कांग्रेसको ५० हजार सहयोग

बाढीले लडाएको इस्ट पोइन्ट उठाउन सिन्धु कांग्रेसको ५० हजार सहयोग


हेलम्बु । मेलम्ची नदीमा आएको बाढीले बगाएको इन्स्ट पोइन्ट एकेडेमीलाई सिन्धुपाल्चोक कांग्रेसले ५० हजार सहयोग गर्ने भएको छ ।

बाढीले विद्यालयको सबै संरचना बगाएको विद्यालयलाई कांग्रेसले ५० हजार सहयोग गर्ने कांग्रेस सभापति विकास लामाले जानकारी दिए ।

आज हेल्प नेपालको सोलार वितरण कार्यक्रममा हेलम्बु ४ को विद्यालयको क्षतिग्रस्त भवनको अगाडि उभिदै लामाले विद्यालयलाई आर्थिक सहयोग गर्ने बताएका हुन् ।

बाढीले गरेको क्षतिप्रति दुखी हुँदै उनले विद्यालयलाई पहिलेकै अवस्थामा पुर्याउन कांग्रेसले सहयोगको सुरुवात गरेको बताए ।
बाढीले धेरै घर, विद्यालय, पुलहरु क्षतिग्रस्त बनाउँदा पनि सरकार चुप लागेर बसेकोमा उनले आक्रोश पोखे ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले वितण्डा मच्चाएको २१ दिन भइसक्दा पनि सरकारले जनताको गाँसबासको लागि केही नगरेको उनको आरोप छ ।

विद्यालयका प्रिन्सिपल दामोदर भारतीले कांग्रेस सभापतिले विद्यालयका लागि गर्ने आर्थिक सहयोगले आफू धेरै खुशी भएको बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!