Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिकांग्रेसको दैवीक प्रकोप विपद व्यवस्थापन समितिको संयोजकमा बस्नेत नियुक्त

कांग्रेसको दैवीक प्रकोप विपद व्यवस्थापन समितिको संयोजकमा बस्नेत नियुक्त


चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत नेपाली कांग्रेसको दैविक प्रकोप विपद व्यवस्थापन समितिको संयोजकमा नियुक्त भएका छन् ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले बस्नेतलाई संयोजकमा नियुक्त गरेको हो ।

बस्नेत विपदका समयमा पीडितकोमा राहत सामग्री लिएर आफै पुग्ने गरेका छन् । प्राकृतिक विपत्ति वा कोरोनाका कारण पीडित भएका हुन् सबैमा बस्नेत राहत लिएर पुग्ने गरेका छन् ।
मंगलबार मेलम्ची बाढीमा परेका पीडितको राहत र उद्धारमा पूर्वमन्त्री बस्नेत आफै हेलिकप्टर लिएर पुगेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!