Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिराहतमा राजनीति: ओली र नेपाल समूहबीच झडपले पीडितले पाएनन् राहत (भिडियो)

राहतमा राजनीति: ओली र नेपाल समूहबीच झडपले पीडितले पाएनन् राहत (भिडियो)


निरोज चौलागाईं
सिन्धुपाल्चोक । गत मंगलवार राती आएको बाढीबाट पिडित बनेका मेलम्ची हेलम्बुका बाढी पीडितले राहत पाएका छैनन् । बाढीबाट पीडित बनेका उनीहरुको तत्काल राहत र बासको ब्यबस्थापन गर्नुपर्ने भए पनि राजनीतिकदलहरूले भने राहतमा राजनीति गरेका छन।

बिहीबार राहत बितरण गर्न लाग्दा मेलम्ची नगरपालिकाको इन्द्रेश्वरीमा नेकपा एमालेका दुई खेमाका नेता कार्यकर्ताको किचलोका कारण रहात बितरण नभएको हो । राहत बितरण गर्ने क्रममा विवाद भएपछि प्रहरीले दुबै पक्ष लाई इन्द्रेश्वरीबाट बाहिर निकालेको हो। बाढी पीडित समस्यामा छ्न तर दलहरू ले भने पीडितको नाममा राजनीति गरिरहेका छन् ।

तीन तहका सरकार हुदा समेत पीडितले न त राहत पाए न बर्षा यममा बासको ब्यबस्था । उनीहरुको लागि बिद्यालयको बास र आफन्तहरु कोचिएर बस्ने उपाय बाहेक केही नभएको स्थानीय पीडितहरुले बताएका छन। मेलम्ची खोला र इन्द्रावती नदिको बाढीबाट पीडित बनेका कतिपयको शरीरमा लगाएको एक सरो लुगा बाहेक केही छैन ।

बाढीबाट पीडित बनेका उनीहरुलाई आएको राहतमा समेत राजनीति भएको पीडितकेले बताए । अहिले पानी परीरहेको छ। हामीलाई बास र गासको चिन्ता छ तर उनीहरुको लागि भने राजनीति गर्ने भाडो बनेको पीडित लिला पुरीले गुनासो गरिन।

हामीले बास पाएका छैनौ राहत पाएका छैनौ दलहरूलाई राजनीति गर्ने भाडो भएको पुरिले बताइन् ।

बाढीबाट प्रभावित बनेका बालबालिका र वृद्ध बृदा मारमा परेका छन ।उनीहरुलाई राम्रोसँग राख्न सक्ने ब्यबस्थापन छैन सामुहिक रुपमा बस्दा बालबालिका र वृद्धबृदालाइ सास्ती भएको बाढी पीडितको गुनासो छ।

बचेका समान निकालेपनी उनीहरुको राख्ने ठाउ छैन।बर्षा यम सुरु भएको छ।सरकारले छिटो भन्दा छिटो पीडितहरुको लागि बासको ब्यबस्थापन नगरे पीडितहरुमा थप समस्या पर्ने उनिहरुको गुनासो छ


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!