Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिसभामुख सापकोटाद्वारा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण

सभामुख सापकोटाद्वारा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण


चाैतारा । गृहजिल्ला आएका सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य संस्थामा स्वास्थ सामग्री सहयाेग र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

आज सिन्धुपाल्चोककाे बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रको अवलोकन पश्चात् सापकोटाले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

उहाँले आजै बाह्रबिसे नगरपालिकामा प्रमुख, उपप्रमुखलगायतसङग छलफल गरी कोभिड र प्राकृतिक बिपत्तिको पूर्व तयारी सम्वन्धमा जानकारी लिइ आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्दता व्यक्त गरेका छन् ।

यस्तै सापकोटाले आजै बलेफी गाउँपालिकास्थित जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन गरेका छन् ।

केन्द्रकाे अवलोकन पश्चात उनले डिजिटल एक्स्रे मेसिनलगायतका महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

साथै स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट यो स्वास्थ्य केन्द्रकालागि रु १५ लाख रकमान्तर गरिएको पनि सभामुख सापकोटाले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!