Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिएमालेमा गुटको संक्रमण, अध्यक्षले नै वडाध्यक्षलाई कारवाही गर्ने प्रस्ताव ल्याए

एमालेमा गुटको संक्रमण, अध्यक्षले नै वडाध्यक्षलाई कारवाही गर्ने प्रस्ताव ल्याए


चौतारा । नेकपा एमालेको केन्द्रमा देखिएको पार्टी विवादको असर तल्लो तहसम्म देखिन थालेको छ । वैचारिक द्धन्द्ध मात्रै होइन एमालेका तल्लो तहका कार्यकर्ता कुटाकुटसम्मको अवस्थामा पुगेका हुन् ।

बलेफि गाउँपालिकामा गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई कारवाहीको धम्की दिएका छन् । आइतबार बसेको कार्यपालिका बैठकमा अध्यक्ष केदार क्षेत्रीले वडा नम्बर ७ का वडाध्यक्ष कार्केल लामामाथि कारवाहीको प्रस्तावसमेत अघि सारेका कारण विवाद भएको हो । त्यसको वडाध्यक्ष लामाले प्रतिवाद गरेका थिए । कार्केल ओली पक्षमा खुलेका छन् भने क्षेत्री नेपाल पक्षका हुन् ।

दुई जनानै सुर्य चिन्ह र एमालेबाट जितेतापनि पछिल्लो समय पार्टी दुई गुट हुँदा दुई जनाबीच विवाद भएको हो । नेकपा एमाले बलेफि गाउँपालिकाले विज्ञप्ति नै जारी गर्दै यस्ता क्रियाकलापको घोर भत्र्सना गरेको छ ।

फरक राजनीतिक विचारका आधारमा गाउँपालिका अध्यक्ष क्षेत्रीले वडाध्यक्ष लामामाथि गरेको दुव्र्यवहार खेदजनक छ, हामी यस्ता हर्कतको घोर भत्र्सना गर्छौ, विज्ञप्तिमा भनिएको छ । यसको आधारमा पनि तल्लो तहसम्म एमाले विभाजित देख्न सकिन्छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!