आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिओली र भण्डारीले देश लाई असहज बाटोमा लगेः सभापति लामा

ओली र भण्डारीले देश लाई असहज बाटोमा लगेः सभापति लामा


चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले देश लाई असहज बाटो तिर लगेको बताएका छन।

जेठ ९ गते राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरि मध्यावधि चुनावको घोषणा गरेका थिए।

हिजो सभापति लामाले विज्ञप्तिमार्फत
मुलुकलाई असहज बाटोमा लाने काम स्वयम् संविधानका संरक्षक भनिएका प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको कुरा अब घाम जस्तै छर्लङ्ग भएको बताए।

विपक्षी गठबन्धनले संख्या पुऱ्याएर सरकार निर्माणको दावी प्रस्तुत गर्दा समेत अस्वीकार त्यो पनि राष्ट्रपतिबाट हुनुलाई सामान्य मान्न सकिन्न ।

प्राप्त उपलब्धिलाई निस्तेज पारेर मुलुकलाई अँध्यारो द्वन्द्वको रापतिर लगेको समेत सभापति लामाले आरोप लगाए। यस्तो कार्य हामी विपि कोइरालाका पार्टीका कार्यकर्ताका लागि स्वीकार्य नहुने पनि उनले जिकिर गरे ।

न्यायको अन्तिम निकाय सर्वोच्च अदालतले न्याय मर्न नदिने कुरामा आफुहरु विश्वस्त रहेको बताए ।

‘विधि र पद्धति जोगाउने लडाईंमा सुरक्षित रूपमा सामेल हुनमा सिन्धुका तमाम न्यायप्रेमी समुदायलाई अपिल समेत गरेका छन’ सभापति लामाले भने।

‘अहिले सत्ता र प्रतिपक्षबिचको लडाई भनेको गणतन्त्र विरुद्ध अधिनायकवादकै हो । कोभिडको महामारीका बिच पनि लोकतन्त्रको रक्षार्थ आआफ्नो ठाउँबाट सरकारको असंवैधानि कदमको डटेर हामीले सामना गर्नु पर्ने अवस्था आएको छ । आन्दोलनको आँधीबेरी सिर्जना गरी हाल्ने अवस्था कोभिडको कारण नभए पनि नेपाली काँग्रेस र विपक्षी गठबन्धनको घोषित कार्यक्रमको प्रतिक्षाका निम्ति म सबैमा अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!