Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिवर्तमान सरकार शव वाहन, दाउरा र खरानीमा समेत कमिसन खोज्छः सिन्धु कांग्रेस

वर्तमान सरकार शव वाहन, दाउरा र खरानीमा समेत कमिसन खोज्छः सिन्धु कांग्रेस


चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकले प्रधानमन्त्रीलाई तुरुन्त राजीनमा दिएर उतरदायी सरकार गठनको मार्ग प्रशस्त गर्न माग गरेको छ ।

कांग्रेसले जनताका सवालमा नेकपा एमाले नेतृत्वको सरकार पुरै असक्षम भएकोले राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

जिल्ला सभापति विकास लामाले आज एक विज्ञप्ति जारी गर्दै यो सरकार विचौलियाको मात्र हित गर्ने सरकार रहेको आरोप लगाए ।

कांग्रेसले भनेको छ, `विचौलिया मार्फत भ्याक्सिन खरिदमा समेत कमिसन खेलका समाचार स्वयं मन्त्रीबाट सार्वजनिक भएरको सरकारले भ्याक्सिनमा नभै मृत्यु पर्यन्त शव वाहन अनि दाउरा र खरानीमा समेत कमिसन खोज्न थाल्यो ।`

सिन्धुपाल्चोकमा कोरोना महामारी गाउँ गाउँमा पुग्दासमेत सरकार उदासीन रहनु दुखद रहेको कांग्रेसको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, `सिन्धुबाटै सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले डेथ बढी प्याक गर्ने ब्याग वितरणकोनोटिस सार्वजनिक गर्नुले जनता बचाउने कुरा नै सरकारको प्राथमिकतामा नपरेको देखिन्छ ।`

कांग्रेसले वर्तमान सरकारको कामको छानबिन गर्न निष्पक्ष आयोगको समेत माग गरेको छ । सिन्धु कांग्रेसले मातहतका सबै पार्टी कमिटिलाई वर्तमान विचौलिया सरकारको कामको भण्डाफोर गर्न निर्देशन दिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!