मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिप्रहरीको आडमा अध्यक्षले नै फुटाए गाउँपालिकामा लगाएको ताला

प्रहरीको आडमा अध्यक्षले नै फुटाए गाउँपालिकामा लगाएको ताला


बलेफि । बलेफि गाउँपालिकामा वडाध्यक्षले लगाएको ताला गाउँपालिका अध्यक्षले फोरिदिएका छन् । बुधबार बलेफि २ का वडाध्यक्ष छविलाल न्यौपानेले लगाएको ताला बिहीबार अध्यक्ष केदार क्षेत्रीले प्रहरीको आडमा फुटाएका हुन् ।

वडा नम्बर २ को वडा कार्र्लाय भवन निर्माणका लागि वडाले बनाएको निर्माण समितिलाई पाखा लगाउँदै वडाध्यक्ष न्यौपानेलाई थाहा नै नदिई अध्यक्ष क्षेत्रीको निर्देशनमा उपाध्यक्ष कमला कायस्थले एमाले निकट व्यक्तिहरुको अधयक्षतामा समिति बनाएकी थिइन् ।

वडाध्यक्ष न्यौपानेले गाउँपालिकाकै सल्लाहमा नेपालको संविधान र स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा १२ (२) को देहाय (क) को २ व्यवस्थाअनुरुप वडाकार्य समिति बनाएका थिए ।

हप्तादिनअघि अन्य जनप्रतिनिधिसहित वडा कार्यालयको भवन निर्माण बजेटबारे सल्लाह गर्न गाउँपालिका आएका समयमा अध्यक्ष, उपाध्यक्ष अनि प्रशासकिय अधिकृतले अर्को समिति बनाइसकेको भनेपछि वडाध्यक्ष न्यौपाने दंग परेका हुन् । उनले भने, ‘समिति कसरी बन्यो भनेर सोध्दा उहाँहरुसँग उतर थिएन् ।’

वडाध्यक्षलाई समेत थाहा नै नदिई उपाध्यक्ष कायस्थले कोठाभित्र आफ्ना मान्छेहरु राखेर समिति बनाएपछि वडा र गाउँपालिका बीच विवाद बढेको हो ।

वडा कार्यालय निर्माणमा वडाध्यक्ष न्यौपानेले पटक पटक गाउँपालिकामा आएर सल्लाह गरेका थिए । तर अध्यक्ष केदार क्षेत्रीले उपाध्यक्ष कायस्थले बनाएको समितलिाई नै भवन निर्माणको जिम्मा दिने अड्डी राखेपछि न्यौपानेको समूहले अन्याय भएको भन्दै गाउँपालिकामा ताला लगाएको थियो ।

ताला लगाउन वडाध्यक्ष न्यौपानेसहित, काँग्रेसबाट बलेफि गाउँपालिकाकी उपाध्यक्षकी उमेद्वार तथा महिला संघ नेपालकी जिल्ला अध्यक्ष गीता नेपाल, नेविसंघ नेता निरज भण्डारी, वडा नम्बर ६ का काँग्रेस नेता रामचन्द्र थापा, कांग्रेसका स्थानीय नेता राम लामा, झनक तिमल्सिना, वडासदस्य तिलक कार्की, कुश थापा, बलेफी गापा कार्यापालिका सदस्य शरद विक, कृष्ण बहादुर थापासहितको समूह पुगेको थियो ।

‘आफ्नो र वडाको अधिकारका लागि मैले ताला लगाएको थिए जनतालाई दुख दिने नियत थिएन,’ वडाध्यक्ष न्यौपानेले भने, ‘अध्यक्षले एकपटक छलफलमा समेत नबोलाई दम्भ देखाएर प्रहरी प्रशासनको घेरामा ताला फोर्नुभयो ।’ ताला फोर्दैमा आफू चुप लागेर नबस्ने उनले बताए । वडा कार्यालय निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले गरी ५० लाख बजेट छुट्याएको छ ।

स्थानीय काग्रेस नेता थापाले अध्यक्ष क्षेत्रीले राजनीतिक संस्कारसमेत भुलेर वडाध्यक्षलाई छलफलमा समेत नबोलाई ताला फुटाएको प्रति रोष प्रकट गरेका छन् ।

यता अध्यक्ष गीता नेपालले वडा भवन बनाउने कुरा वडा र वडाध्यक्षको अधिकारको कुरा भएको बताइन् । ‘यसमा गाउँपालिकाको सल्लाह आवश्यक छ तर वडाध्यक्षको काम अध्यक्ष, उपाध्यक्षले गर्ने होइन’, उनले भनिन्, ‘वडाको समितिलाई मान्यता दिनुपर्छ उपाध्यक्षको नेतृत्वमा बनेको समिति मान्य हुन्न, कमिसनका लागि उपाध्यक्ष कायस्थले हदै गरेको देखियो ।’

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!