मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिप्रदेश मन्त्री बने सरेश नेपाल

प्रदेश मन्त्री बने सरेश नेपाल


हेटौंडा ।

वाग्मती प्रदेशको पुनर्गठित मन्त्रीपरिषदमा सिन्धुपाल्चोकका सरेश नेपाल मन्त्री बनेका छन् । सिन्धुपाल्चोक प्रतिनिधि सभा (ख)बाट साँसद बनेका नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ प्रदेश सभा ख बाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गरेका प्रदेश साँसद सरेश नेपाल वाग्मती प्रदेशको उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्रको पद तथा गोपनीयताको सपथ गरेका हुन् ।। उनीसँगै दोलखाकी सरस्वती बस्नेतले सामाजिक विकास मन्त्रालय र नुवाकोटका केशवराज पाण्डेले आन्तरीक मामिला तथा कानुन मन्त्रालयको मन्त्री को जिम्मेवारी पाएका छन् । उनीहरुसँगै धादिङका डा. रामकुमार अधिकारीले भने सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!