Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठराजनीतिशेरबहादुर तमाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

शेरबहादुर तमाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी


काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज शेरबहादुर तामाङले आइतबार पार्टी केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण गरेका छन् ।

तामाङलाई पार्टी महासचिव ईश्वर पोखरेलले पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहणपछि तामाङले कार्यालय सञ्चलनलाई थप चुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तामाङले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई यो जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद ।’

१० वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकबाट तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए ।

पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड–नेपाल समूह छाडेर ओली पक्षमा लागेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!