गृहपृष्ठ ∕ राजनीति ∕ मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत सिन्धु खबर फागुन २४, २०७७ गते १९:३१ मा प्रकाशित सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले मेलम्चीको पानी उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले काँग्रेसका नेता किसुनजीको नामै नलिनु दुखद भएको बताउनुभयो । मेलम्चीको जन्मदाता किसुनजी भएको भन्दै मेलम्चीको पानी उद्घाटन कार्यक्रममा नामै नलिनु किसुनजी र सिंगो कांग्रेसको अपमान भएको उहाँले बताउनुभयो । आइतबार सुकुटेमा आयोजित सम्मान कार्यक्रममा बोल्दै कांग्रेसले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउने बस्नेतले दावी गर्नुभयो । `पार्टीले नै सालिक बनाउँछ उहाँले भन्नुभयो, नभए कांग्रेस खेलकुद विभागले मेलम्ची मुहानमा किसुनजीको सालिक बनाउँछ ।` मेलम्चीको पानी काठमाण्डौं लैजाने भन्दै किसुनजीकै पालामा मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको थियो । काम सुरु भएको २२ वर्षपछि काठमाडौंले मेलम्चीको पानी पाएको छ । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम