Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १ सय ३० नयाँ सदस्य

सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १ सय ३० नयाँ सदस्य


चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले जिल्ला कार्यसमिति बढाएर २ सय ७५ पुर्याएको छ । शनिबार चौतारामा आयोजित कार्यक्रममा कार्यसमितिमा आमन्त्रित, मनोनयन गरेर २ सय ७५ पुर्याएको हो ।

यसअघिको नेकपा जिल्ला कमिटि १ सय ४५ सदस्यीय थियो । १ सय ५४ मा थप १ सय ३० थपेर २ सय ७५ पुर्याएको हो । यसअघि फागुन ६ गते पत्रकार सम्मेलन गरी दाहाल नेपालले पनि जिल्ला कार्यसमिति २ सय २८ जनाको बनाएको थियो ।

दुवै समूहले पहिला भएको १ सय ४५ जिल्ला कमिटिलाई यथावत राखी बाँकप्ी सदस्य थप गरेको हो । नेकपा जिल्ला कमिटि विधानत २ सय भन्दा बढी बनाउन पाउन्न । तर दुवै समूहले विधान भन्दा बढी कार्यसमिति विस्तार गरेका छन् ।

आफ्ना पक्षका कार्यकर्तालाई व्यवस्थापन गर्न भन्दै दुवै समूहले विधानमा भए भन्दा बढी जिल्ला कमिटि विस्तार गरेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस