गृहपृष्ठ ∕ राजनीति ∕ मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ सिन्धु खबर फागुन ८, २०७७ गते २०:५५ मा प्रकाशित चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेर बहादुर तामाङ केपी ओली समूहमा लागेका छन् । पार्टी विवाद उत्कर्षमा पुगे पछि सुरुमा ओली पक्षमा लागेका तामाङ पुन दाहाल-नेपाल समूहमा फर्किएका थिए । हिजो मेलम्चीमा भएको कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले सिन्धुपाल्चोकमा दाहाल नेपाल समूहमा ठूलो धक्का लाग्ने बताएका थिए । त्यसको २४ घण्टा बित्न नपाउँदै पूर्वमन्त्री तामाङ ओली पक्षमा लागेका हुन् । तामाङलाई मन्त्रीको अफर दिएपछि ओली पक्षमा लागेको स्रोतले बताएको छ । पहिला पनि मन्त्री पाउने भएपछि ओली पक्षमा लागेका तामाङ कार्यकर्ताको दवाव थेग्न नसकेर दाहाल-नेपाल समूहमा फर्किएका थिए । दाहाल नेपाल समूहमा फकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई प्रतिगमन तिर धकेलेको भन्दै उनी आन्दोलनको अग्रमोर्चामा थिए । फेरि उनी प्रतिगमनकै तारिफ गर्दै ओली पक्षमा लागेका छन् । कार्यकर्ताले भने तामाङको यो केटाकेटी पनलाई मन पराएका छैनन् । तामाङ अभिभावकीय भूमिका खेल्नुपर्ने बेला यता र उता गरेर शक्तिको पछि लागेको कार्यकर्ताको आरोप छ । ‘प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको व्यवस्था गरी संसद विघटन गरे यो कुरालाई समेत सही हो भन्दै तामाङ ओलीतिरै फर्किएपछि उनको राजनीतिक सत्ता र पदका लागि मात्रै रहेछ’ सिन्धुपाल्चोकका स्थानीय नेकपा नेताले भने । ‘संविधानको नै धज्जी उडाएर ओलीले गलत गरेका छन् यसलाई नै सही हो भन्ने यस्ता नेताबाट के अपेक्षा गर्ने’ उनले् भने । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम