गृहपृष्ठ ∕ राजनीति ∕ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत सिन्धु खबर फागुन ७, २०७७ गते २१:३३ मा प्रकाशित मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम पूर्व मन्त्री महेश बस्नेतले यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड माधव समुहमा ठूलो धक्का लाग्ने दावी गर्नुभयो । के कसरी धक्का लाग्छ भन्ने नबताएपनि बस्नेतले प्रचण्ड माधव समूहमा ठूलो ठूलो भुइँचालो जाने दावी गरेका हुन् । कोही नेता आउला नआउला, तर सिन्धुपाल्चोकमा केपी ओलीको लहर आएको उनले बताए । शुक्रबार मेलम्चीमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको यूवा संगठन र महिला संघको जिल्ला भेलालाई सम्बोधन गर्दै बस्नेतले प्रचण्डलाई भैंसी र माधव नेपाललाई सिक्का चिन्ह लिएर चुनाव लड्न समेत सुझाएका छन् । सुर्य चिन्हमै चुनाव लड्न रहर भए पार्टीमा फर्कन आग्रह गर्द नत्र भैंसी र सिक्का चुनाव चिन्ह लिएर चुनाव लड्न बस्नेतले सुझाएका हुन् । केही नेताहरु बाटो बिराएर क्याल्कुलेटर थिच्दै बसिरहेको भन्दै बस्नेतले उनीहरुलाई मूलधारमा समाहित हुन आग्रह गरे । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार दाहाल-नेपाल समूहको सिन्धुपाल्चोक जिल्ला कमिटि विस्तार, ८३ सदस्य थपेर २… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे