आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठराजनीतिपूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार

पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार


काठमाडौं । पूर्वरानी कोमल शाहको जन्मदिन मनाउनका लागि पूर्वराजाको परिवार झापा पुगेको छ । एक सातासम्म बस्न झापा पुगेका पूर्वराजाका परिवारको रोजाइमा झापाको धुलाबारीस्थित पाँचतारे मेची क्राउन होटल परेको छ ।

पूर्वयुवराज पारस शाहबाहेक ज्ञानेन्द्रसहित पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, नातिनीहरू पूर्णिका, कृतिका, नाती हृदयेन्द्र र परिवारका अन्य सदस्य समेत होटलमा पुगिसकेका छन् ।

पूर्वरानी कोमल शाहको ७१ औँ जन्मोत्सव मनाउनका निम्ति होटल मेची क्राउनमा पुगेका हुन् । फागुन ७ गते शुक्रबार शाहको जन्मदिन हो । शुक्रबारको जन्मोत्सवमा शुभकामना दिनका निम्ति राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि जाने कार्यक्रम रहेको छ । मेची क्राउन सिन्धुपाल्चोकका व्यवसायीले सञ्चालन गरेको होटल हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!