गृहपृष्ठ ∕ राजनीति ∕ दाहाल-नेपाल समूहको सिन्धुपाल्चोक जिल्ला कमिटि विस्तार, ८३ सदस्य थपेर २ सय २८ बनाइयो दाहाल-नेपाल समूहको सिन्धुपाल्चोक जिल्ला कमिटि विस्तार, ८३ सदस्य थपेर २ सय २८ बनाइयो सिन्धु खबर फागुन ६, २०७७ गते २१:०६ मा प्रकाशित चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले ८३ जना जिल्ला कमिटि सदस्य मनोनित गरेको छ । फागुन ५ गते (बिहीबार) दाहाल नेपाल समूहको चौतारामा बसेको बैठकले जिल्ला कमिटिमा थप ८३ जना मनोनयन गरेको हो । पार्टी विभाजन भएपश्चात दाहाल नेपाल समूहले जिल्लामा ८३ जना थप गरी २ सय २८ जिल्ला कमिटि बनाएको छ । यसमा ओली पक्षमा गएकाहरु पनि कायम नै छन् । जिल्लाका एक केन्द्रीय नेताका अनुसार ओली समूहका साथीहरु आफै खुलेर नगएसम्म जिल्ला कमिटिबाट नहटाउने रणनितिअनुसार हालको जिल्ला कमिटिमा उनीहरुलाई पनि कायम गरिएको छ । नेकपाले विधानमा मनोनित, आमन्त्रित र वैकल्पिक सदस्य मनोनित गरेको हो । विधानत २ सय जिल्ला कमिटि हुनुपर्नेमा नेकपाले २ सय २८ पुर्याएको छ । यसअघि जिल्ला कमिटि १ सय ४५ जनाको थियो । यैसगरी बैठकले जिल्ला सल्लाहाकार परिषदमा १ सय जना मनोनित गरेको छ । त्यस्तै जेष्ठ कम्युनिष्ट मञ्चमा १ सय जना मनोनयन गरिएको छ । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम