Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिभागराथीलाई न्याय माग्दै चौतारामा नेविसंघको प्रदर्शन

भागराथीलाई न्याय माग्दै चौतारामा नेविसंघको प्रदर्शन


चौतारा । नेपाल विद्यार्थी संघले आज चौतारा मा भागरथी भट्ट पक्षमा न्यायको लागि अवाज वुलन्द गर्दै सरकारको विरोध गरेको छ।

भागरथीको बलात्कार गरेर हत्या भएको थियो यो केस निर्मला पन्तको जस्तो नहोस् भनेर नेपाल विद्यार्थी संघ चौतारा बहुमुखी क्याम्पस आयोजनामा न्यायको लागि आवज उठाइएको हो।

निर्मला पन्तको जसरी हत्यारा लुकाउन सरकार लागि परेकोले बिद्यार्थीहरुले न्यायको लागि सरकारलाई अपिल गरेको हो।

न्यायको लागि गरिएको र्याली चौतारा स्थित रत्नगंगा माबि र चौतारा बहुमुखी क्याम्पसका विद्यार्थीहरु आवज बुलन्द गर्न सहभागी भएका थिए।

रत्नगंगा माविको गेट बाट र्याली सुरु गरेर चौतारा बसपार्क हुँदै पुरानो बजारपरिक्रमा गर्दै टुडिखेल सम्म पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा हत्यारालाई कानुनी कारबाही हुनुपर्ने भन्दै विद्यार्थी नेताहरुले सम्बोधन गरेको थिए।

कोणसभालाई जिल्ला सहसचिव रमेश थापा क्षेत्रीय सभापति दिपेश खनाल र विद्यार्थी नेता गंगा तामाङ, चिनलाल तामाङ ,सन्तोष कार्की लगायतए सम्बोधन गरेका थिए भने सविना थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रम को संयोजन नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य गिरिराज कटुवालले गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!