Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिबागमती प्रदेश सभा स्थगित गरेकोप्रति काँग्रेसको असन्तुष्टि

बागमती प्रदेश सभा स्थगित गरेकोप्रति काँग्रेसको असन्तुष्टि


काठमाडौं । बागमती प्रदेशको बुधबार बस्ने भनिएको प्रदेस सभा बैठक सूचना टाँस गरी स्थगित गरिएकोप्रति नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष, प्रमुख विपक्षी दल काँग्रेस र सत्तापक्षबीच बैठक सुचारु गर्ने विषयमा सहमति हुँदापनि यस विपरित बिहान सूचना टाँस गरेर बैठक स्थगित भएको प्रति काँग्रेस संसदीय दलको असहमति रहेको हो ।

काँग्रेसले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै संसदीय अभ्यासको मर्म र भावना विपरित भएको यस्तो कार्य पटक पटक दोहोरिदा सभामुखको भुमिका र मर्यादा घट्ने र प्रदेस सभाको भूमिका कमजोर देखिनेतर्फ गम्भीर हुन जरुरी रहेको संसदीय दलका सचिव निमा लामाद्धारा जारी पत्रमा भनिएको छ ।

काँग्रेसले संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढाउनुपर्ने पक्षमा रहेको जनाएको छ । यस्ता हर्कतहरुप्रति असहमति जनाउँदै काँग्रेसले यस्ता कार्य नहोस् भन्ने तर्फ सभामुखसँग आग्रह गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस