आईतबार, असोज ३१, २०७८
गृहपृष्ठफोटो फिचरएक बर्ष सम्म घुम्टो भित्रै लुकाईएको एक अर्वको रेलको फोटो कथा…

एक बर्ष सम्म घुम्टो भित्रै लुकाईएको एक अर्वको रेलको फोटो कथा…


असोज २ । गत असोज २ गते भारतबाट तामझामसहित नेपाल ल्र्याएको नेपाली झण्डा सहितको आधुनीक रेलले एक बर्ष पुरै त्रिपाल भित्रै बिताएका छन् । सरकारले दुई सेट ब्रोडजेग रेल दुई महिनाभित्रै सञ्चालन गर्ने प्रतिबद्धता सहित भारतीय कांकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा रेल किनेको हो । तर रेल कतिमा खरिद गरेको भन्नेमै विवाद छ ।

सरकारले यो रेलको डिव्वा र ईन्जीन १ अर्वमा खरिद गरेको दावी पनि यही बीचमा सार्वजनीक भएको छ । रेल विभागले नै चित्तबुझ्दो जवाफ दिन सकेको छैन । खरिद तथा सञ्चालन सम्वन्धी विवाद कै कारण रेल एक वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेशनमा त्रिपाल ओढाएर राखिएको छ ।

रेल सञ्चालनका बनाइएका लिगका पाटपूर्जा तथा रेलका सामान हराउन थाली सकेका छन् । घाम–पानी छल्न रेललाई त्रिपालले छेकीए पनि चोरको आंखा छल्न सकिएन–रेलका सामान हराउन थालेका छन्, स्थानीयको भनाई छ ।

रेल सञ्चालन प्रक्रिया अघि बढेको दावी गर्दा गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १० महिना गुजार्नु परेको थियो । अहिले शेर वहादुर देउवा पाटपुर्जामा खिया लाग्न थालेका छन् । सशस्त्र प्रहरीको निगरानीमा राखिएको रेल, रेल्वेका ३० जना कर्मचारीले रेखदेख गर्दै आएका छन् ।


विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि कहिले सन्चालनमा आउँछ भन्ने अझै टुङ्गो छैन । ६ वर्ष लामो प्रतीक्षापछि कुर्था–जनकपुरधाम – जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बग्गी तथा ४ सेट इन्जिन जनकपुरधामस्थित प्लेटफर्ममा ल्याइएको थियो ।

कोरोना संक्रमणको त्रासकै बिच ल्याइएका नेपाली झण्डाको रंगमा रंगिएको दुवै रेलको सेट अत्याधुनिक रुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै यो रेलमा १३०० सिट क्षमता छ ।

भारतको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो । सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ ।


परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो । जसमध्ये जयनगरदेखि कुर्थासम्मको लिक दुई वर्षदेखि पूर्ण तयारी अवस्थमा छ ।


कुर्थादेखि भंगहासम्मको लिक लगभग तयारी अवस्थामा रहेको पूर्ण तयारीका लागि दुई महिना अझै लाग्ने रेल्वे विभागले जनाएको छ । नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले दुई महिनाभित्रै कानुनी प्रकृया पूरा गरी जनशक्ति राखेर रेल चलाउने बताएका थिए ।

नवनियुक्त प्रबन्ध सञ्चालक निरञ्जन झाले भने अहिले तत्काल नै रेल गुड्ने अवस्था नरहेको बताएका छन् । दुई सेट रेल खरिद भएर आइसके पनि कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था नरहेको झाको भनाई छ । (फोटो सौजन्यः नेपाल रेल्वे विभाग)


क्याटेगोरी : फोटो फिचर


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!