Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिसंसद विघटनको विरोधमा काँग्रेस शुभेच्छुक संस्थाको चौतारामा प्रदर्शन

संसद विघटनको विरोधमा काँग्रेस शुभेच्छुक संस्थाको चौतारामा प्रदर्शन


चौतारा । नेपाली काँग्रेसका भातृ संस्थाहरुले चौतारामा आज विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधि सभा विघटन पछि आन्दोलनमा होमिएको काँग्रेसका शुभेच्छुक संस्थाले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल प्रेस यूनियन, नेपाल ट्रेड यूनियन काँग्रेस, नेपाल शिक्षक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल निजामति कर्मचारी यूनियन, नेपाल सांस्कृतिक संघ, डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रजातान्त्रिक महासंघलगायतका शुभेच्छुक संस्थाले सरकारको असंवैधानिक कदमको विरोध गर्दै ¥यालीसहित अन्तक्रिया कार्यक्रम गरेका हुन् ।
¥यालीमा सहभागीहरुले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । टुडिखेलबाट सुरु भएको ¥याली पत्रकार महासंघमा पुगेर अन्तक्र्रियामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा अस्थिरता निम्त्याएको बताएका थिए ।


कार्यक्रममा काँग्रेस पूर्वअध्यक्ष तथा बार एसोसिएसनका पुर्वअध्यक्ष श्याम बहादुर श्रेष्ठ, प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष राजेन्द्रमान ताल्चाभँडेल, काँग्रेस जिल्ला सचिव बिल बहादुर तामाङ, ट्रेड युनियनका केन्द्रीय सदस्य बल्देव तामाङ, शिक्षक संघका उपाध्यक्ष यज्ञ दंगाल, गैर सरकारी महासंघका केन्द्रीय सदस्य राजेन्द्र शर्मा, ट्रेड युनियनका प्रदेश उपाध्यक्ष लिलानाथ चौलागाई, पत्रकार महासंघका पूर्वअध्यक्ष सुदर्शन आचार्य, प्रेस यूनियनका तथा पत्रकार महासंघका पूर्व अध्यक्ष ऋषिराम पौडेल, पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष इश्वरी दंगालले सम्बोधन गरेका थिए । कार्यक्रम प्रेस युनियन सिन्धुपाल्चोकले संयोजन गरेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस