Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाचारभदौरे गणेशले दियाे पिता गुमाएका आचार्यलाई छात्रवृत्ति

भदौरे गणेशले दियाे पिता गुमाएका आचार्यलाई छात्रवृत्ति


 चौतारा । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ स्थित सानाेसिरूवारीका अभिभावक गुमाएका एक बालकलाई छात्रवृत्ति प्रदान गरिएकाे छ । सिद्धीगणेश माध्यमिक विद्यालयमा अध्ययनरत राकेश आचार्यलाई भदौरे गणेश सामाजिक संस्थाले छात्रवृत्ति प्रदान गरेको हाे ।
आचार्यका पिता टायमप्रसाद आचार्यको मृत्युु भएपछि अध्ययनका लागि समस्या भएका कारण उनलाई छात्रवृत्तिको व्यबस्था गरिएकाे हाे । आर्थिक अभाव झेलिरहेका बालकलाई पाँच हजार रुपैया बराबरको छात्रवृत्ति प्रदान गरेको भदाेैरे गणेश सामाजिक संस्थाले जनाएकाे छ । कक्षा ९ मा अध्ययनरत आचार्यलाई झोला सहित पोशाक तथा स्टेशनरी सामाग्री दिईएको संस्थाका अध्यक्ष रविन गौतमले बताए ।
विद्यालयको ५९ अाैं बार्षिकोत्सवको अवसरमा विद्यालयमा नै सो छात्रवृत्ति प्रदान गरिएको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस