Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिकांग्रेस मन्तब्य र गन्तब्यको नीति लिएर अघि बढेको छ

कांग्रेस मन्तब्य र गन्तब्यको नीति लिएर अघि बढेको छ


मेलम्ची । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस मन्तव्य र गन्तब्यको नीति लिएर अघि बढेका बताएका छन् । जनताले अहिलेको प्रतिनिधि सभा विघटनपछि कांग्रेसले दुई धार लिएको भन्ने विषय उठन गर्दै उनले गन्तब्य र मन्तब्यकै नीतिमा रहेको बताएका हुन् ।

आज सिन्धुपाल्ल्चोकको मेलम्चीमा नेपाली कांग्रेस क्षेत्र नं. २ द्धारा आयोजित बृहत भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले चालेको कदमप्रति कांग्रेस जनताले बोलेका दुवै नितीमा उभिएको प्रष्ट्याए । उनले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक मात्रै नभई निरंकुशता भएको भन्दै यो कांग्रेसका लागि जनताले बोलेको मन्तब्य भएको बताए । प्रधानमन्त्रीको कदसलाई उल्ट्याउने काम कांग्रेसका लागि मन्तब्य भएको बताए । “प्रतिनिधिसभा पुनस्र्थापना गर्ने कांग्रेसको गन्तब्य हो ।” भेलालाई सम्बोधन गर्दै उनले भने । प्रधानमन्त्रीको कदमले संविधान मिचेको भन्दै संविधानलाई बचाउनु कांग्रेसको पहिलो लक्ष्य भएकोसमेत उनले जनतालाई विश्वास दिलाए ।

कांग्रेस सिद्धान्तमा अडिग रहेको पार्टी भएको दावी गर्दै नेता पौडेलले लोकतन्त्र रक्षाका लागि सिद्धान्तमा रहेर जीवनभर जनता र राष्टको रक्षाका लागि लडिरहने उनले बताए । उनले आफू व्यक्तिगत रुपमा मात्रै नभई सिंगो नेपाली कांग्रेस प्रतिनिधि सभा पुनस्र्थापना गर्नका लागि संघर्षमा रहेको दावी गरे । “कांग्रेस ढुलेमुले नीतिमा लाग्दैन, द्धिविधामा बस्दैन, कांग्रृेस एक हुन्छ ।” उनले जनतालाई विश्वास दिलाए ।

अन्य पार्टी परित्याग गरि झण्डै दुई हजार जनता नेपाली कांग्रेसमा प्रवेश गरेको भेलालाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री एवं केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री ओलीले चालेको कदमलाई सर्बाेच्च अदादलतले सदर गरेको अवस्था कांग्रेसलाई मान्य नहुने ठोकुवा गरे । यो असैंवधानिक कार्य भएकाले संविधान नमान्ने भन्ने पक्षमा हुन नसक्ने उनको भनाई छ ।

“हामीले नेपालमा एउटा मात्रै संविधान जारी गरेका छौं,” उनले भने, “जनताले पढ्ने, मन्त्रीले पढ्ने र प्रधानन्याधिसले पढ्ने संविधान एउटै हो ।” यदि प्रतिनिधिसभा विघठन भएमा नेपालीको भविष्य खत्तम हुने र जनताको अपमान हुने उनको भनाई थियो । अहिले ओलीले गर्ने गरेका व्यंग्य हेपाई भएको उनको दावी छ । “यो व्यंग्यले जनता अनि देशलाई हेपेको छ,” उनले भने, “प्रधानमन्त्रीज्यूले यस्तो कार्य बन्द गनुपर्छ ।”

कोरोना कालमा काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको टिप्पणी हास्यास्पद रहेको उनको भनाई छ । “महामारीमा हामीले प्रयोग गरेको मास्क, स्यानिटाइजर लगायत औषधिमा त्यतिधेरै भ्राटाचार भएको छ,” उनले भने, “यो कसरी काम गर्न नसकेको भयो ।” उनले महामारीमा पनि भ्रष्टाचार गर्ने मान्छे पापी भएको दावी गरे ।

पहिले प्रचण्ड र ओलीबीच भेट हुँदा प्रचण्डले हात मिलाऔं भन्दा ओलीले रगत लागेको हात भन्दै पन्छिएको आफू स्वयमले देखेको भन्दै पछि कुनै एक ठेकेदारको घरमा बसेर फर्किएपछि अंगालो हालेर अब हामी मिल्यौ भनेको उनले बताए । उनले यही विषयमा उनले अहिले घिउ बेचुवा र तरवार बेचुवाजस्तो भएको सुनाए । “एकले अर्काेलाई अहिले छेड हान्ने प्रतिष्पर्धा छ ।” उनले भने ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व गृह राज्य मन्त्री विष्णुविक्रम थापा, प्रदेश साँसद निमा लामा, जिल्ला सभापति विकाश लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा भिविन्न पार्टी परित्याग गरि २ हजार बढीले कांग्रेस प्रवेश गरेको क्ष्ोत्रीय सभापति आइतमान तामाङले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस