सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाचारकाेराेना बिरूद्धकाे खाेप लगाउन सुरू, पहिलाे दिन २० ले लगाए

काेराेना बिरूद्धकाे खाेप लगाउन सुरू, पहिलाे दिन २० ले लगाए


चाैतारा। सिन्धुपाल्चोक जिल्लामा काेराेना बिरूद्धकाे खाेप लगाउन सुरू गरिएकाे छ । अाज १० स्वास्थ्यकर्मी र १० नेपाली सेनाकाे शव व्यवस्थापन टाेलीले खाेप लगाएका छन् ।
पहिलाे चरणमा सिन्धुपाल्चोकमा एक हजार सात सय ८० खाेप अाएकाे छ । एक हजार पाँच सय ८३ लाई खाेप लगाईने लक्ष्य रहेकाे स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ स्वयमसेविका, एम्बुलेन्सका चालकलाई याे खाेप लगाईने छ । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे र चाैताराबाट खाेप लगाईने उनले बताए ।
भारत सरकारले नेपालका लागि पठाएकाे १० लाख खाेपमध्ये सिन्धुपाल्चोकका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!