गृहपृष्ठ ∕ राजनीति ∕ चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय Sindhu Khabar माघ १२, २०७७ गते १८:४२ मा प्रकाशित चाैतारा । सरकारले आगामी बैशाखमा प्रतिनिधि सभाको निर्वाचनको मिति तोके सँगै जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोक चुनाव तयारीमा हाेमिएकाे छ। पछिल्लाे समय सोमबार जिल्ला निर्वाचन कार्यालयले एक अन्तरक्रिया कार्यक्रम मार्फत मतदाता अद्यावधिक गर्न र मिति तोकिदिएसँगै कार्यालयले चुनाव तयारी गतिविधिलाई तीब्रता दिएकाे हाे । प्रतिनिधि सभा सदस्यको २०७८ बैशाख १७ र२७ मा हुने निर्वाचनमा भाग लिन यही माघ १५ गते देखि २१ गते सम्ममा आफ्नै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले आह्वान गरेको छ । ‘निर्वाचन कार्यक्रम पुस १६ गते बाट नै सुरु भएको छ र फागुन २१ सम्म रहने छ, तर त्रुटि सच्याउने, विरोधमा उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका र नागरिता त्यागेकाको नाम हटाउन माघ १६ देखि १८ गते सम्म समय रहेको छ ।’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद गौतमले भने। सरकारले निर्वाचनको मिति तोके सँगै फोटो सहितको मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । सहायक मतदाता नाम दर्ता अधिकारीको कार्यालयले सार्वजनिक विदाको दिन समेत काम गर्ने गरि निर्वाचन तयारी कार्य भई रहेको कार्यालयले जनाएको छ । कार्यालयले बिभिन्न चरणमा छलफल गरि स्थानीय तहमा सोही ठाउँमा कार्यरत एक कर्मचारीलाई सहायक नाम दर्ता अधिकारी तोकी आईतबार आबश्यक तालिम र मतदाता नामावली सहित निर्वाचन तयारी कार्यमा खट्न निर्देशन प्रदान गरिएको प्रमुख गौतमले बताए। जिल्ला निर्वाचन कार्यालयले फागुन २ गते जिल्लामा अद्यावधिक भएका सबै बिवरण निर्वाचन आयोगमा पठाउने गरी काम सुरु भएको प्रमुख गौतमले जानकारी दिए। सरकारले घोषणा गरेको निर्वाचनको मिति ननिकिदै गर्दा नागरिक समाज, राजनीतिक दल र सञ्चार माध्यमलाई लोकतन्त्रको सवल पक्ष निर्वाचनलाई स्वच्छ र तटस्थ वनाइृ मतदातामा सञ्चारका लागि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आग्रह गरे। निर्वाचन कार्यालयको पुस छ गते सम्मको अद्यावधिक नगरिएको बिवरण अनुसार जिल्लाभर १८ वर्ष पुगि मतदानमा सहभागी हुने मतदाताको सङ्ख्या दुई लाख ३९ हजार ९६४ रहेका छन् । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे