गृहपृष्ठ ∕ समाचार ∕ मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे महिला मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे महिला Sindhu Khabar माघ ८, २०७७ गते १८:२२ मा प्रकाशित चाैतारा । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ थापाटोलकी सिपाही राधिका थापा नेपाली सेनामा प्रतिविद्रोह तथा जंगल युद्धकलाको तालिम गर्ने पहिलो महिला सैनिक भएकी छन्। २०७७ कात्तिक १८ गतेदेखि माघ ६ सम्म सञ्चालन भएको उक्त तालिम थापाले सफलतापूर्वक सम्पन्न गरेकी हुन्। उनी २०६९ असार १५ गते सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार सो तालिम अत्यन्तै कठिन हो। उनी प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत् छन्। तीन महिनाको अवधिसम्म चल्ने सो तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, जंगल सर्भाइभल टेक्निक्स, सर्पदंश व्यवस्थापनलगायत सैन्य ज्ञान/सीप सिकाइन्छ। उनी सैन्य आधार तालिमपछि मिति २०७० जेठ २४ गतेबाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत् थिइन्। सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारीरिक एवम् मानसिक क्षमता माग गर्ने प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा उनले सफलता पाएको सेनाले जनाएको छ। ‘नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने उनी पहिलो महिला सैनिक हुन्,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने। उनका अनुसार पुरूष सैनिकहरूले उक्त तालिममा सफलता पाइसकेका छन्। महिला सैनिकहरू भने कसैले पनि उक्त तालिममा सफलता पाएका छैनन्। क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे