Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठसमाचारचाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने

चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने


चौतारा । शुक्रबार (भाेलि) सुनकोसी सव स्टेशनबाट सञ्चालित विद्युत सेवा ८ घण्टाका लागि बन्द हुने भएको छ । सुनकोसी सव स्टेशनबाट विद्युत आपूर्ति हुने चौतारा, खाडिचौर, लामोसाँघु, बाह्रबिसे, टेकानपुर र पाखरलगायत क्षेत्रमा बिहान ९ देखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुले जनाएको छ ।

सुनकोसी जलविद्युत केन्द्रले ६ MVA पावर ट्रान्सफरमरको ११ केभी पावर केबुलमा भ्याकुम सर्किट ब्रेकर जडान र सोही केवलको हेड मार्फत मर्मत सम्भार गर्न जल विद्युत केन्द्रले ६ MVA पावर ट्रान्सफरमर बन्द गर्ने जनाएको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस