Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाचारइन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै

इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै


नवलपुर । इन्द्रावती गाउँपालिका क्षेत्रमा अवैध रुपले विद्युत चोरी गरेको पाइएमा गाउँपालिकाबाट दिइने सेवा सुविधा रोक्का हुने भएको छ । गाउँपालिकाका विभिन्नन स्थानमा विद्युत चोरीको समस्या भएकाले त्यस्तो पाइएमा सुविधा नदिने वा रोक्का गरिने भएको हो ।
इन्द्रावती गाउँपालिका र हेलम्बु मेलम्ची वितरण केन्द्र बीच आज भएको सहमतिमा विद्युत विस्तारका साथै चोरी नियन्त्रण गरिने भएको हो । गाउँपालिका अध्यक्ष वंशलाल तामाङसहित र हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपाने सहितको वैठकमा यस्तो सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेले जानकारी दिए ।
सहमति पत्रमा गाउँपालिका वडा नं. ४ देखि १२ सम्मका एच टी तथा एल टी लाइनमा जीर्ण काठे पोल भएकाले सम्भावित दुर्घटनाा हुने हुँदा गाउँपालिकाको समन्वयमा छिट्टै काठको पोल मुक्त गराउने निर्णय भएको छ ।
विद्युत चुहावट नियन्त्रणका लागि बिद्युत मिटर जडान गर्न नसक्ने गरिब परिवारका लागि वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रबाट निशुल्क मिटर उपलब्ध गराइने गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!