गृहपृष्ठ ∕ राजनीति ∕ उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे Sindhu Khabar पुस २३, २०७७ गते १३:०० मा प्रकाशित चाैतारा । सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको छ । बिहिबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजना गरिएको नेकपा ओलि पक्षका अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्न आएका उनीहरूलाई कालाे झण्डा देखाईएकाे हाे । उपप्रधानमन्त्री पोखरेल र युवा तथा खेलकुद मन्त्री तामाङलाई प्रचण्ड-नेपाल पक्षका युवा संघ र अनेरास्ववियूका युवा नेताहरुले कालो झण्डा देखाएका हुन् ।मन्त्रीहरू कार्यक्रमस्थल अाउँदै गर्दा अरनिकाे राजमार्गकाे काेठे र खाडीचाैर बजारमा कालाे झण्डा देखाएकाे थियाे । अनेरास्ववियूको केन्द्रीय सर्कुलर अनुसार कार्यक्रम गरिएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन तामाङले जानकारी दिए । कालाे झण्डा देखाएर बिराेध गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन र युवा संघका गरि करिव ५० जना नेताहरुको उपस्थिति रहेको लामाले बताए । प्रधानमन्त्री केपी शर्मा ओलिले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन बिरुद्ध नेकपाकै नेता तथा भातृ संगठनका नेता कार्यकर्ताहरुले बिभिन्न बिरोधका कार्यक्रम गर्दै आइरहेको छ । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो