Techie IT
Sunday, January 24,2021 / आईतबार, माघ ११, २०७७
×
गृहपृष्ठसमाचारचाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ

चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ


तातोपानी । मध्येभोटेकोसी हाईड्रोपावरमा काम गर्ने चाईनीज नागरिकहरुलाई कुटपिट गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाइनीज नागरिक लाल बाउझोन, हुङ हाइझी र क्वीन वाङझुलाई असार १६ गते कुटपिट गरी भागेका भोटेकोशी ५ का बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

तामाङलाई चुल्ठीबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनी कुटपिट पछि असारबाटै फरार रहेका थिए ।  यसैबीच प्रहरीले स्यालको मासु गाडीमा बोकेर हिडेका तीन जनालाई पक्राउ गरेको छ । जिरी सडक खण्डमा दोलखाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २१ च २४७ नं को बोलेरोमा जंगली जनावरको एक किलो मासु लिएर हिडेका दोलका भिमेश्वर २ का सुमन योगी, लक्ष्मण कुमार गोले र उर्मिला तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गाडी र मानिस दुवैलाई इलाका प्रहरी कार्यलयमा राखिएको छ ।

यसैबीच प्रहरीले स्यालको मासु गाडीमा बोकेर हिडेका तीन जनालाई पक्राउ गरेको छ । जिरी सडक खण्डमा दोलखाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २१ च २४७ नं को बोलेरोमा जंगली जनावरको एक किलो मासु लिएर हिडेका दोलका भिमेश्वर २ का सुमन योगी, लक्ष्मण कुमार गोले र उर्मिला तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गाडी र मानिस दुवैलाई इलाका प्रहरी कार्यलयमा राखिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस