गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा सिन्धुपाल्चोकका युवा तथा बिद्यार्थीकाे भेला राजधानीमा हुँदै नेकपा सिन्धुपाल्चोकका युवा तथा बिद्यार्थीकाे भेला राजधानीमा हुँदै Sindhu Khabar पुस १३, २०७७ गते १७:१८ मा प्रकाशित काठमाडौ । सिन्धुपाल्चोक जिल्लाका युवा तथा बिद्यार्थीहरुको भेला काठमाडौमा आयोजना हुने भएको छ । रोयल ब्याङ्केट तिनकुनेमा पुस १४ भेला हुन लागेको हो। प्रचण्ड-नेपाल पक्षधरकाे बाहुल्यता रहेकाे सिन्धुपाल्चोकमा अाेली समुहले राजधानीमा भेलाकाे अायाेजना गरेकाे हाे । भेला राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू जिल्ला कमिटी सिन्धुपाल्चोकको सम्युुुुक्त आयोजनामा हुनेछ । तर, सामाजिक सञ्जालमा प्रचण्ड- नेपाल समुह पक्षका बिद्यार्थी कार्यकर्ताहरूले अनेरास्ववियु सिन्धुपाल्चोककाे कुनै पनि कार्यक्रम राजधानीमा नभएकाे दावी गर्दै कार्यक्रम भएकाे खण्डमा त्यहाँ नजान अनुराेध गरेका छन् । राजधानीमा गर्ने भनिएकाे कार्यक्रम अाधिकारिक नभएकाेसमेत प्रचण्ड-नेपाल निकट बिद्यार्थी नेताहरूकाे दावी छ । अायाेजना गरिएकाे कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेलको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा लामा पनि बिशेष अतिथिका रुपमा सहभागी हुँदै छन् । कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य महेश बस्नेत, एन महर, सरेश नेपाल लगायतले सम्बोधन गर्ने जनाईएकाे छ । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध सिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका