Techie IT
Saturday, January 16,2021 / शुक्रबार, माघ २, २०७७
×
गृहपृष्ठराजनीतिसरकारसँग राप्रपाको २२ बुँदे विभिन्न माग (पूर्ण विज्ञप्ति)

सरकारसँग राप्रपाको २२ बुँदे विभिन्न माग (पूर्ण विज्ञप्ति)


चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग विभिन्न २२ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । आज (आइतबार) सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निकालेको र्याली पछि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसँग राप्रपाले माग राखेको हो ।
पार्टी समायोजनपछि पार्टीको नयाँ चुनाव चिन्ह र झण्डा तोलन पछि राप्रपाले सरकारको विरोध गर्दै चौतारा बजारमा बिशाल र्याली निकालेको थियो । र्यालीलाई जिल्ला प्रशासन कार्यालयको गेट अगाडी कोण सभा गरेपछि ज्ञापन पत्र बुझाइएको हो । जिल्ला अध्यक्ष गोपाल श्रेष्ठसहित केन्द्रीय सदस्यले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
संबिधानमा रहेको धर्म निरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने राप्रपाको माग थियो । त्यस्तै बेरोजगारी समस्या समाधान गर्नुपर्ने, कोभिड नियन्त्रणमा सरकार लाग्नुपर्ने, मेलम्ची खानेपानी आयोजनामा भएको घोटालादेखि अन्य ठाउँमा भएका भ्रष्टाचारको भण्डाभोर गरि दोषीलाई सजायँ दिलाउनुपर्ने जस्ता माग रहेको छ ।
माग बेलैमा सम्बोधन नभए राप्रपा संघर्षमा जानेसमेत चेतावनी सरकारलाई दिएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस