Techie IT
Saturday, January 16,2021 / शनिबार, माघ ३, २०७७
×
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकको दुई स्थानमा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन (फोटोकथा)

सिन्धुपाल्चोकको दुई स्थानमा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन (फोटोकथा)


चौतारा ।
नेपाली काँग्रेसले आज गरेको देशव्यापी प्रदर्शन सिन्धुपाल्चोकको दुई स्थानमा भएको छ । विभेद, उदासीनता, सर्वसत्तावादी प्रवृत्ति, कोभिड १९ नियन्त्रण र उपचार, स्वास्थ्य सामग्रीलगायतका बेतिथि विरुद्ध भएको प्रदर्शनमा सिन्धुपाल्चोकको बाह्रविसे र चौतारामा भएको हो ।


सिन्धुपाल्चोकको प्रदर्शनलाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कमला पन्त आएकी थिइन् । काँग्रेसले देशभर विभिन्न जिल्लामा विभिन्न केन्द्रीय नेताहरुलाई सम्बोधन गर्न पठाए अनुरुप सिन्धुपाल्चोकमा पन्त आएकी थिइन् । पन्तका साथसाथै नेपाली काँग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापा र नेता तथा योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेलले पनि चौतारामा भएको प्रद्यर्शनलाई सम्बोधन गरे ।


नेपाली कांग्रेस क्षेत्र नं. १ को आयोजनामा भएको प्रद्यर्शनलाई केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सम्बोधन गरेका थिए ।
७७ वटै जिल्ला सदरमुकाममा काँग्रेसले प्रदर्शन गरेको थियो । सिन्धुपाल्चोकमा भने केन्द्रीय सकुर्लरअनुसार सदरमुकाममा गर्ने भनिएता पनि क्षेत्रीय समितिले बाह्रविसेमा छुट्टै प्रदर्शनको आयोजना गरेको हो ।
केन्द्रको परिपत्र अनुसार सदरमुकामा प्रदर्शन गरिएको जिल्ला सभापति विकाश लामाले बताए । कोरोना संक्रमणका कारण चौतारा जान नसकिने भएको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए ।
सभापति लामाले शक्ति प्रदर्शनमा सबै नेता तथा कार्यकर्तालाई चौतारा आउन आग्रह गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस