Techie IT
Tuesday, April 13,2021 / सोमबार, चैत्र ३०, २०७७
×
गृहपृष्ठपर्यटनदेउढुंगा : स्वर्ग उक्लने सिंढी (फोटोकथा)

देउढुंगा : स्वर्ग उक्लने सिंढी (फोटोकथा)


मार्मिङ ।
सामुन्ने टलक्क टल्कने गौरीशंकर हिमाल, त्यसकै काखमा दामुछो पोखरी, हेर्दा आँखै भरिने क्षितिज भरिने लेकाली जंगल छोपिने हुस्सुबीच छ एउटा पहाडी ढिस्कोमा दुई वटा ठूला खुड्किला छ, त्यही हो अदभूत अर्थात देउढुंगा । जसलाई स्थानीयवासीले स्वर्ग जाने सिढींको रुपमा पुज्ने गर्छन् ।
सिन्ध्ुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा ५, मार्मिङ र दोलखा जिल्लाको बिगुको सीमाक्षेत्रस्थित देउढुंगा ठूलो सिँढीलाई देवताले बनाएको मानिन्छ । स्थानीय अगुवा कुइसाङ शेर्पाकाअनुसार गौरीशंकर हिमालभन्दा केही तल रहेको देउढुंगा झण्डै तीन हजार वर्षअघि चौरी गोठालाद्वारा पत्ता लगाएका हुन् । बौद्ध र हिन्दु धर्मको तीर्थस्थलका रुपमा मानिने देउढुंगालाई वृद्धवृद्धाले स्थानीय शेर्पा भाषामा किबुलुङ वा भुमेदेव पनि भन्ने गर्छन् ।


५ हजार मिटरको उचाइमा रहेको देउढुंगाबारे अनेक किस्सा प्रचलित छन् । भन्ने गरिन्छ पहिले देउढुंगाको तल्लो क्षेत्रमा एउटा प्राकृतिक ढोका थियो । त्यहाँ इच्छाइएको र मागेको भाँडाकुडा, वस्तुभाउदेखि धनमाल सबै कुरा आफै उत्पन्न हुन्थ्यो । ‘त्यो प्रयोगपछि फिर्ता गर्नुपथ्र्यो, त्यहाँ चौरी चराउन जाने सबै गोठालाले सबै कुराको अभाव देउढुंगालाई मागेर टार्थे र सफा गरेर फिर्ता गर्थे । स्थानीय वृद्धा शेर्पाका अनुसार एक जनाले जुठो राखिदिएपछि त्यो ढोका बन्द भयो ।’ देउढुंगाबारे अर्को कथा झनै रोचक छ, स्वर्ग र माथिल्ला लोकका देवताहरुले पृथ्वीबासीको दुःख देख्न सकेनन्, त्यसैको लागि स्वर्ग जोड्ने सिढी बनाउन थाले । तर कुनै कारणवश सिढी बनाउने काम रोकियो । सिढी दुई वटा खुड्कीलामै सिमित रह्यो ।


देउढुंगाको तल्लो भेगमा आदियोगी शिवले तपस्या गरेको मानिने शिला, प्राकृतिक शिवलिंग र कलात्मक गुफालाई बौद्ध परम्पराले दर्जोले सजाएको छ । देउढुंगाभन्दा केहीमाथि नांगो देखिने खुल्ला जमिन यार्सागुम्बाको चर्चित छ । भने त्यो क्षेत्रभर प्राचीन चित्र र मन्त्र कुदिँएका बौद्ध स्तुपा र मानेछ्र्योतनले लहरमानले भरिएको छ । त्यहींको माथिल्लो भेगमा आँखैसामुन्ने गौरीशंकर हिमश्रृंखलाको काखैमा काला पत्थरको बगैचा या ब्याल्क स्टोन गार्डेन वनभोज र बासको लागि चर्चित छ । गार्डेनकै क्षेत्रमा देवताले हिमाली जिवको लागि उत्पन्न गराएको दामुछो भन्ने सुन्दरतम ताल देख्न पाइन्छ । देउढुंगा, गौरीशंकर हिमश्रृंखलाक्षेत्र छाराबाट एकदिनमै पैदल हिडेर चीन पुग्ने स्थान कुनै बेला चीन र नेपालको पैदल व्यापारिक नाकाको रुपमा चिनिन्थ्यो । यार्सागुम्बा याममा चीनको लाप्टङ, सेमगिरी हुदै यार्सागुम्बा संकलक बिक्री गर्नको चीनक्षेत्रको लाप्टङ पुग्ने गर्छन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले देउढुंगा, ताल र गौरीशंकर हिमक्षेत्रलाई प्रवद्र्धन गर्नको लागि प्रचारप्रसार, डकुमेन्ट्री अभियान सुरु गरिसकेको जानकारी दिए । भैरवकुण्ड, दुगुनागढी, तातोपानीदेखि देउढुंगासम्मका अनेक पर्यटकस्थलको पर्यटनलाई कोभिडले १९ थलाएको उनले बताए । ‘यी क्षेत्रसम्म सडक पु¥याएर बाँकी १२ किमी पदमार्ग जोड्ने योजनाअनुरुप काम गर्दैछौ ।’ पौडेलले भने ।

 


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस