गृहपृष्ठ ∕ राजनीति ∕ पौडेलमाथि भएको प्रहरी दमनको विरोधमा बाह्रबिसेमा राँके जुलुस पौडेलमाथि भएको प्रहरी दमनको विरोधमा बाह्रबिसेमा राँके जुलुस Sindhu Khabar मंसीर १८, २०७७ गते २०:०७ मा प्रकाशित बाह्वविसे। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रदर्शन भएको छ । पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध नेपाली काँग्रेस र यसका भातृसंस्थाले बिहीबार साँझ बाह्बिसेमा राँके जुलुस गरेका हुन् । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक र काँग्रेस क्षेत्र नम्बर १ ले बाह्रबिसेमा राँके जुलुस निकालेको नेविसंघका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए । राँके जुलुसमा प्रहरी हस्तक्षेप समेत भएको उनले बताए । ‘हामी राँको लिएर प्रदर्शन गर्दै थियौं उपाध्यक्ष श्रेष्ठले भने, प्रहरीहरु आएर राँको खोसेर फ्याकिदिए ।’ राँको फ्याकेपनि अन्य अप्रिय घटना नभएको उनले बताए । राँके जुलुसपश्चात बाह्रबिसे बजारमा कोण सभा भएको थियो । कोण सभालाई क्षेत्रीय उपसभापति राम कुमार लामा, स्थानीय काँग्रेस युवा नेता युधिर पौडेल, विद्यार्थी नेता हेमन्त श्रेष्ठ, तरुण नेता निरन्जन लामालगायतले सम्बोधन गरेका छन् । कोण सभालाई सम्बोधन गर्दै युवा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले रामचन्द्र पौडेलसँग माफी माग्नुपर्ने बताए । उनले भने ‘बुधबार तनहुँमा भएको घटना सत्ता र शक्तिको दम्भमा भएको हो, सत्ताको नेतृत्व केपी शर्मा ओलीले गरेका कारण उनले माफी माग्नुपर्छ ।’ बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई नेकपा कार्यकर्ताले अवरोध गरेका थिए । भडपको स्थिति आउने भन्दै प्रहरीले पौडेललाई अमर्यादित ढंगले नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा आज देशभर विभिन्न प्रदर्शन भैरहेका छन् । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा कांग्रेस सदैव जनताको पक्षमा छ- कांग्रेस जिल्ला सचिब बिल बहादुर… मेलम्ची अस्पतालकाे एम्बुलेन्स घुमफिर र रमाईलाेका लागि प्रयाेग इन्द्रावतीमा भोलि कांग्रेसको प्रदर्शनः केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै