गृहपृष्ठ ∕ समाचार ∕ अस्पतालमा परिणत हुँदै नवलपुर प्राथमिक स्वास्थ्य चौकी अस्पतालमा परिणत हुँदै नवलपुर प्राथमिक स्वास्थ्य चौकी Sindhu Khabar मंसीर १७, २०७७ गते १६:४७ मा प्रकाशित नवलपुर । इन्द्रावती गाँउपालिका नवलपुरस्थित नवलपुर स्वास्थ्य चौकी स्तरोन्नतिपश्चात १५ शैयाको प्राथमिक अस्पतालमा परिणत गरिन लागिएको छ । अस्पतालका लागि निर्माणाधिन भवनको काम अन्तिम चरणमा पुगेकाले आउँदो वैशाखमा उद्घाटन गरि अस्पतालबाट हुने सेवा प्रवाह गरिन लागिएको हो । स्वास्थ्य चौकी अस्पतालमा परिण हुने भएसँगै स्थानीयवासीमा खुशीयाली छाएको छ । अस्पतालमा बनेपछि सेवासुविधा थप हुने भएकै कारण गाउँमै थप उपचार पाउने भएपछि गाउँवासीममा उत्साह बढेको हो । सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार नवलपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको छ । गाउँपालिकाका अनुसार अस्पतालमा परिणत गरिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भवन निर्माणसमेत तीब्र गतिमा काम भइरहेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । गाउँपालिकाको वडा नं ४ मा रहेको उक्त स्वास्थ्यचौकीमा हाल प्राथमिक उपचार, प्रसुती सेवा मात्र हुने भएकाले स्थानीयवासी जटिल उपचारका लागि धुलिखेल र काठमाण्डौका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको अध्यक्ष तामाङले बताए । सदरमुकामबाट २० किलोमिटरको दूरीमा रहेको स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षाैँदेखि सास्ती भोग्दै आएका स्थानीयवासी अध्यक्ष तामाङले बताए । अस्पताल बनेपछि स्वास्थ्यका अधिकांश समस्या यहींबाट सेवाप्रवाह हुने अध्यक्ष तामाङको दावी छ । गाउँपालिका भित्रका १२ वडाका स्थानीयबासीहरु स्वास्थ्य सम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम जाने गरेका छन् । गाउँपालिकावासीहरुमा चेतनाको क्रमिक बिकाससंगै स्वास्थ्य, सरसफाइ तथा समुदायको स्वस्थकर बानी व्यबहार अबलम्बन गदै गएको प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले बताए । यहाँ दैनिक ३० भन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । स्वास्थ्यचौकीबाट ल्याबसहितको प्राथमिक तहको उपचार भइरहेको छ । वडामा रहेको हेल्थपोष्टहरुमा पर्याप्त स्वास्थ्यकर्मी उपलब्ध नहँुदा समस्या झेल्नु परेको छ । ग्रामीणस्तरमा उपचारात्मक स्वास्थ्य स्थिति कमजोर रहेकोले अस्पाताल चाडै सञ्चालनमा ल्याउन तत्पर रहेको अधिकृत पौडेलको भनाई छ । हाल गाँउपालिका भित्रका झण्डै ३० हजार नागरिक यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ शैयाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, आबश्यक चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् । यो बाहेक अहिले गाउँपालिकाभर पाँचवटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइँदै छ । स्वास्थ्य इकाई मंसिर अन्तिमसाताबाट सञ्चालनमा ल्याइने छ । भोटसिपा र सिपापोखरेमा निर्माण हुने स्वास्थ्य चौकीको टेण्डर प्रक्रिया भइसकेको गाउँपालिकाले जनाएको छ । क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे