गृहपृष्ठ ∕ समाचार ∕ गौराति मेलामा सामान्य चहलपहल, स्वास्थ्य मापदण्ड अनिवार्य (फोटोकथा) गौराति मेलामा सामान्य चहलपहल, स्वास्थ्य मापदण्ड अनिवार्य (फोटोकथा) Sindhu Khabar मंसीर १५, २०७७ गते १६:१५ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकको ठूलो गौराति मेलामा यसवर्ष सामान्य पूजा मात्रै गरेर सुरू भएको छ । चहलपहल सामान्य मात्रै छ । कोरोना संक्रमणको त्रासका कारण चौतारा साँगाचोकगढी नगरपालिका ६ मा गौरातीमा मेला नहुने भनिएपछि स्थानीयले सामान्य पूजा मात्रै गरेका हुन् । दर्शनका लागि मन्दिर पुगेकाहरुलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन लागिएको छ । मन्दिर परिसर प्रवेश गर्न अनिवार्य मास्क र सेनिटाइजरको प्र्रयोग भक्तालुले गर्नुपर्ने व्यवस्था मिलाइएको छ । स्थानीय सामाजिक संस्था गौराति भिमसेन विकास युवा मञ्चले व्यवस्थापन मिलाइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गौरती मन्दिर व्यवस्थापन समितिलाई मेला नगर्न अनुरोध गरेपछि गौरती मेला सामान्य रुपमा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गरिएको मञ्चका अध्यक्ष वाङ्गेल लामाले बताए । मेलाका लागि जिल्लाभित्र र बाहिरका भक्तजनको भीड लाग्ने गर्दथ्र्यो । अहिले भीड नभएको मञ्चका अध्यक्ष लामाले बताए । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट गौरती मेला लाग्ने गर्दछ । पूर्णिमामा सुरु भएर पञ्चमिमा सम्म गौरती मेला लाग्ने गर्दछ । धार्मिक रुपले मात्रै नभएर पर्यटकिय रुपमा पनि यो मेला प्रख्यात छ । चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराती भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा