Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठसमाचारसरकारले भन्यो- ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट आएको छ

सरकारले भन्यो- ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट आएको छ


 

काठमाडौं ।

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदन तथ्यहीन र राजनैतिक पूर्वाग्रहमा आधारित रहेको भन्दै त्यसलाई अस्विरकार गर्ने जनाएको छ । सरकारलाई बदनाम गर्ने मनसायले प्रतिवेदन आएको सरकारका प्रबक्ताले बताएका छन् । यसमा आवद्ध ब्यक्तिको दलीय आवद्धता भएका कारण यसको बिश्वासनीयता नभएको सरकारको भनाई छ ।

मन्त्रिपरिषद्को यही मंसिर ०७ र १० गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले ट्रान्सपरेन्सीको प्रतिवेदन सरकार र सत्ताधारी दललाई बदनाम गराउने उद्देश्यबाट प्रेरित रहेको बताए ।

ट्रान्सपरेन्सीले प्रतिवेदन तयार पार्दा अपनाएको विधि, प्रक्रिया र सन्दर्भ सामग्री नै विश्वसनीय नरहेको मन्त्री गुरूङले बताएका छन् ।

मन्त्री गुरूङले नेपालमा स्थायी सरकार बनेदेखि नै सरकारका विरूद्धमा मिसनका रुपमा विभिन्न प्रतिवेदन तथा प्रचार सामग्रीहरू तयार पारी मुलुुकको संवैधानिक प्रणाली, लोकतन्त्र र कानूनी शासन विरूद्ध जनता भड्काउने प्रयास भईरहेको बताउनुहुँदै त्यस्ता गतिविधिप्रति सचेत रहन सबैसँग आग्रह समेत गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!