Techie IT
Friday, March 5,2021 / शुक्रबार, फागुन २१, २०७७
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७ सय ४७, १५ को मृत्यु

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७ सय ४७, १५ को मृत्यु


काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७ सय ४७ पुगेको छ । शनिबार एकैदिन ३८ जनामा संक्रमण पुष्टि भएसँगैं जिल्लामा संक्रमितको संख्या ७ सय ४७ पुगेको हो । हिजो इन्द्रावतीमा १, चौतारा साँगाचोकगढीमा १२, जुगल १, बलेफि ७, बाह्रबिसे १, भोटेकोसी २, मेलम्ची ५, लिसंखुपाखर १, सुनकोसी र हेलम्बु एक एक र सम्पर्क हुन नसकेका ६ गरी एकैदिन ३८ संक्रमित भएका जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हालसम्म ३ सय ९६ निको भएर घर फर्केका छन् भने ३ सय ३६ जना उपचार गराइरहेका छन् । जिल्लामा होम आइसोलेसनमा १ सय ३१ जना संक्रमित बसेका छन् । हालसम्म जिल्लाका १५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोनाबाट मृत्यु हुने देशकै पहिलो संक्रमित सिन्धुपाल्चोककी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस