Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठसमाचारआफ्नै भवनमा मेलम्ची नगरपालिकाकाे सेवा सुरू

आफ्नै भवनमा मेलम्ची नगरपालिकाकाे सेवा सुरू


मेलम्ची । मेलम्ची नगरपालिकाले आफ्नै प्रशासनिक भबन बाट आफ्नो सेवा सुरु गरेको छ । ६ कराेड ६ लाख३९ हजारमा निर्मित भवनकाे आज पूर्व कानुन मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङले उद्घाटन गरे ।

यसअघि नगरवालिकाले भाडामा लिएकाे भवनबाट सेवा प्रवाह गरिरहेकाे थियाे । कृषि ,पशु र आयुर्वेदिक अस्पतालको सेवा बाहेक सम्पुर्ण सेवा अब आफ्नै भबन बाट सन्चालन हुने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिए।

भवन उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी ,शिक्षक,खेलाडी ,जग्गादाता हरुलाइ सम्मान गरिएको थियो । ४ तल्ले भबनमा २५ वटा कोठा रहेको अपांगमैत्री ,सुबिधा सम्पन्न सभाहल ,बैठकहल लगायतका संरचना रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस