गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकका राजेन्द्रकुमार श्रेष्ठको उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता सिन्धुपाल्चोकका राजेन्द्रकुमार श्रेष्ठको उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता सिन्धु खबर कात्तिक २८, २०७७ गते १५:२३ मा प्रकाशित काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं अधिबेशनमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ११,१२ र १३ मा हुन गईरहेको अधिबेशनमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सिफारिसमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । हाल केन्द्रीय सदस्य रहेका श्रेष्ठले बागमती प्रदेशको तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । उद्योग ब्यवसायको स्तर बृद्धिका साथै यसको गरीमा उँचो बनाउन आफ्नो उम्मेद्वारी रहेको श्रेष्ठले प्रतिकृया दिए । बिशेषगरी जिल्ला नगरको समस्या तथा अवस्था सुधारमा केन्द्रीत रहने श्रेष्ठको भनाई छ । जिल्लाम बसेर काम गर्ने उद्योगी ब्यवसायीको हीतका लागि आफ्नो प्रमुख लक्ष्य रहेको र सो काम अझै बाँकी रहेका कारण यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएको श्रेष्ठको प्रतिकृया छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएका श्रेष्ठले जिल्ला तथा नगरको समस्याका बारेमा धेरै जानकारी राखेका कारण पनि आफू बिजयी भएपछि जिल्ला नगरको समस्या समाधान गर्न सजिलो हुने बताए । । बिभिन्न सामाजिक संघसंस्थामा पनि कृयाशिल रहेका श्रेष्ठ ब्यापार ब्यवसायका अलवा सामाजिक काममा पनि सकृय छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… हिमालय सीमापार वाणिज्य संघको अधिकांश पदाधिकारी निर्विरोध नेपाल पत्रकार महासंघ चुनाव: केन्द्रीय समितिमा अध्यक्षसहित सिन्धुबाट ५ काे… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम