गृहपृष्ठ ∕ समाचार ∕ तिपेनी पहिरोपीडितलाई खाद्यान्न सहयोग तिपेनी पहिरोपीडितलाई खाद्यान्न सहयोग Sindhu Khabar कात्तिक १७, २०७७ गते १६:३६ मा प्रकाशित मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ र ८ स्थित तिपेनीका पहिरोकोपिडितलाई खाद्यान्न सहयाेग गरिएकाे छ। लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपले शनिबार पाँचपोखरीका पहिरो पिडितलाई खाद्यान्न राहत वितरण गरेको हाे। तिपेनीका २२ घर परिवारलाई क्लबले चामल, दाल, नुन तेल लगायतका खाद्यान्न तथा कम्बल वितरण गरेको काठमाण्डौ फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिए। पहिरोको जोखिममा रहेका तिपेनिका १९ घरपरिवार तथा गरिब असाय र अशक्तलाइ राहत वितरण गरिएको हो । खाद्यान्न राहत पाउँदा स्थानियहरुले खुशि ब्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि थ्रि टु फाइभ ए टु गर्भनर डाक्टर शुसिला मल्लले जनताको जिउधनको रक्षाको लागि क्लबले विगत देखिनै सहयोग गर्दै आएको बताईन् । कार्यक्रममा वडा अध्यक्ष सार्कि तामाङले सहयोग गरेकोमा क्लबलाइ धन्यवाद दिदै स्थानीय सरहकार सदैब चिन्तित रहेको र सोही अनुसार तिपेनिका पहिरो पिडीतहरुको लागि सुरक्षित बासस्थानको व्यवस्थापनका लागि खटिरहेको बताए । कार्यक्रममा लायन्स क्लब मेलम्चीका पुर्व अध्यक्ष गणेश सिलवाल,सचिब विजयकृष्ण क्षेष्ठ, कोषाध्यक्ष किरण दिप खड्का, नेपाली काग्रेसका , महासमिति सदस्य गगां चापागाई तथा लायन्स क्लबमा आबद्ध युवराज गिरी, राजन दुलाल, लगायतका काठमाण्डौ तथा मेलम्चीका फेलोसिप सदस्यहरुको उपस्थिती रहेको थियो । क्लबले यसअघि हेलम्बु गाउँपालिका का बिभिन्न स्थानका ५९ जना पहिरो पिडीतको लागि समेत खाद्यान्न सहयोग गरेको थियो । क्याटेगोरी : समाचार ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?