गृहपृष्ठ ∕ समाचार ∕ प्रहरीले थाल्यो सवारी अनुगमन तीव्र, ६७ सवारी साधनलाई कारवाही, ६७ हजार राजश्व संकलन प्रहरीले थाल्यो सवारी अनुगमन तीव्र, ६७ सवारी साधनलाई कारवाही, ६७ हजार राजश्व संकलन सिन्धु खबर असोज ३०, २०७७ गते २१:२३ मा प्रकाशित चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पछिल्लो समय स्वास्थ्य मापदण्ड बिपरित गर्ने र ट्राफिक नियम उल्लघन गर्ने सवारी साधनका चालकलाई कारवाही गर्ने काम तीव्र रुपमा अघि बढाएको छ । आजकाल दिनहुँ जसो प्रहरीले जिल्लाका विभिन्न ठाउँमा बसी सावारीसाधनको निगरानी गरिरहेको छ । सवारी साधनलाई गरेको कारवाहीबाट प्रहरीले राम्रै राजश्व जम्मा पनि गरेको छ । आज प्रहरीले जिल्लाका विभिन्न ठाउँमा गरी ६७ सवारी साधनलाई कारवाही गरी ६७ हजार ५ सय राजश्व संकलन गरेको छ । कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिरहेको समयमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड बिपरित तोकिएको भन्दा धेरै यात्रु राख्ने १४ सवारी साधनलाई आज प्रहरीले कारवाही गरेको हो । १४ सवारी साधनबाट प्रहरीले १३ हजार राजश्व संकलन गरेको छ । त्यसैगरी ट्राफिक नियम उल्लघंन गर्ने ५७ सवारी साधनका चालकलाई प्रहरीले कारवाही गरेको छ । ५७ सवारी साधनबाट प्रहरीले ५४ हजार ५ सय राजश्व जम्मा गरेको छ । त्यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लघंन गर्ने साना ठूला २ सय ५१ सवारी साधनलाई सम्झाइ बुझाइ गरेको छ भने माक्स नलर्गा हिडने ९ सय ११ जनालाई पनि सम्झाइ बुझाइ गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) सिन्धुपाल्चोककी अन्जुको जीपको ठक्करबाट मृत्यु ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे