Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा थप एक पत्रकारलाई काेराेना पुष्टी

सिन्धुपाल्चोकमा थप एक पत्रकारलाई काेराेना पुष्टी


चौतारा । सिन्धुपाल्चोकका थप एक पत्रकारलाई काेराेना भाईरस पुष्टी भएकाे छ । यसअघि चार पत्रकार कोरोना भाइरस संक्रमणको चपेटामा परेकामा अाज एक थपिएका हुन् । यसअझि अग्रपंक्तिमा खटिएका तीन पुरुष पत्रकार र एक महिला पत्रकार गरी चार पत्रकार कोरोना भाइरसको संक्रमणमा परेका थिए । अाज एक पुरूष पत्रकारलाई काेभिड १९ पुष्टि भएकाे हाे ।

सिन्धुपाल्चोकबाट काठमाडौंमा आएर पत्रकारिता गरेका ऋषिराम पौडेल र विष्णु खड्का कोरोना संक्रमणमा परेका थिए । अहिले चित्रकुमार चाैलागाई(सिके)मा काेराेना संक्रमण देखिएकाे हाे । खड्का कोरोनालाई जितेर घर फर्केका छन् भने पौडेल होम आइसोलेसनमा बसेका छन् । सिके पनि अाफु हाेम अाईसाेलेसनमा रहेकाे जनाएका छन् ।
जिल्लामा अन्य दुई जना पत्रकार संक्रमणमा परेका छन् । थप दुई पत्रकारहरु पनि आइसोलेसनमा नै बसेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस