Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठसमाचारस्मृतिसभामा स्व. भावुकको चर्चा, स्मृतिग्रन्थ प्रकाशन गरिने

स्मृतिसभामा स्व. भावुकको चर्चा, स्मृतिग्रन्थ प्रकाशन गरिने


पीपलडाँडा ।

पत्रकारिता, साहित्य, राजनीति र समाजसेवामा योगदान पुर्याएका स्व. खिलबहादुर भावुकको २९ औं स्मृति सभा कार्यक्रम गरिएको छ । सोमबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ स्थित सिद्धि कमलादेवी माविमा उनलाई सम्झँदै स्मृति सभा गरिएको हो ।
भावुकका जेठा दाजु बालकृष्ण बुढाथोकीको अध्यक्षतामा गरिएको स्मृतिसभामा विभिन्न क्षेत्रबाट समाज विकासमा अतुलनीय योगदान पुर्याएका भावुकको स्मृति ग्रन्थ प्रकाशन गरिने जानकारी दिइएको छ । भावुक पञ्चायतकालीन अवस्थाका अब्बल राजनीतिज्ञ थिए । साहित्यमा समेत उत्तिकै सक्रिय भावुक सिन्धुपाल्चोकमा पत्रिका प्रकाशन गर्ने पहिलो व्यक्ति हुन् ।

स्मृति सभामा उनको सहयात्रीहरुले भावुकलाई सम्झेका थिए । सभामा नेकपाका वाग्मती प्रदेश सदस्य सोम सापकोटाले भावुक समाजका अग्रणी व्यक्ति भएको चर्चा गरे । ‘उनको पहुँच हुँदासमेत आफ्नो लागि नभएर समाजका लागि निरन्तर लडिरहे,’ सापकोटाले पुरानो दिन सम्झँदै भने, ‘उनी सँधै दिनदुखीको पक्षमा थिए ।’ उनले समाज विकासका अभियन्ता रहेका भावुकको आस्था र विचारलाई राजनीति गर्नेहरुले पछ्याउनुपर्ने बताए ।
कार्यक्रममा साहित्यकार केशवलोचन शर्माले भावुक आफ्नो राजनैतिक र साहित्यिक गुरु रहेको प्रष्ट््याए । भावुकबाट पाएको प्रेरणा अनुशरण गरेकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको उनले बताए । ‘उहाँबाट धेरै उर्जा पाएको छ्, उहाँले मलाई पढाउनु पनि भएको थियो ।’ केशवलोचनले भने ।

स्मृति सभामा चौतारा साँगाचोकगढी नगरपालिका– ६ का वडाध्यक्ष तोकबहादुर तामाङले अक्षय कोष निर्माण र स्मृति ग्रन्थ प्रकाशनको लागि आपूmले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
तत्कालीन पिपलडाँडा गाविस– १ (हाल चौतारा साँगाचोकगढी नगरपालिका– ६,) मा जन्मिएका भावुक साहित्य, पत्रकारिता, राजनीति, समाजसेवाप्रति समर्पित व्यक्तित्वको रुपमा चिनिन्छ । भावुक सिन्धु साहित्यमा माक्र्सवादी चिन्तनका पहिलो प्रणेता रहेको साहित्यकार अमित घिमिरेले बताए । प्रणेता भएकै कारण उनको विचार, दर्शन र व्यवहारको अहिले पनि चर्चा हुने घिमिरेको भनाई छ ।
उनको समयोद्गार (२०२४), शोषित वर्गको घोषणा (२०२४), आस्थाको आवाज (२०३५) जीवन बोल्छ रुपरेखा,(२०४२), अहा ! उफ् र व्थथाका गीतहरु (२०४८), साहित्यिक विवेचना–समालोचना लेख संग्रह र परिवर्तित परिस्थिति पछिका केही रजनैतिक चिन्तन विश्लेषण (२०४७) प्रकाशित छ । उनको २०४८ सालमा निधन भएको थियो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस