गृहपृष्ठ ∕ राजनीति ∕ अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश Sindhu Khabar असोज ११, २०७७ गते १७:१४ मा प्रकाशित बाह्रबिसे । अन्य पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा युवाहरू प्रवेश गरेका छन् । आज बाह्रबिसेमा भएकाे एक कार्यक्रममा नेपाली कांग्रेस, राप्रपालगायत पार्टी परित्याग गरि दर्जनाैं युवा नेकपा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई प्रदेश मन्त्री अरुण नेपाल, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पा, युवा नेता सरल सहयात्री पाैडेलले स्वागत गरेका थिए । साे कार्यक्रममा बाह्रबिसेका मेयर शेर्पाले कांग्रेस व्यक्तिबादमा अल्झिएकाे बताए । नेकपामा कुनै पनि निर्णय हुँदा कमिटीले गर्ने तर कांग्रेसमा ब्यक्ति ब्यक्तिले जे मन लाग्याे त्यही हुने गरेकाे उनकाे भनाई थियाे । नेकपा विधि र बिधानमा चल्ने अनुशासित पार्टी भएकाे दावी गर्दै उनले कांग्रेस अनुशासनहिन पार्टी भएकाे आराेप लगाए। कार्यक्रममा बाेल्दै शेर्पाले कांग्रेस केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतकाे नामै लिएर उनले याे क्षेत्रमा कुनै बिकासका काम नगरेकाे समेत बताए । “बस्नेतले आफ्नाे घर जाने बाटाे बनाए, जनताले सुविधा पाउने बिकास नेकपाले गरेकाे हाे,” उनले भने,”बस्नेतले आफुले गरेकाे वास्तविक विकास देखाउन सक्दैनन् ।” क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे