गृहपृष्ठ ∕ समाचार ∕ भूकम्पको केन्द्रविन्दु परेका वडाअध्यक्ष भन्छन्–‘थप त्रास फैलियो’ भूकम्पको केन्द्रविन्दु परेका वडाअध्यक्ष भन्छन्–‘थप त्रास फैलियो’ Sindhu Khabar भदौ ३१, २०७७ गते ८:३८ मा प्रकाशित चौतारा । भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको बाह्रविसे ९ राम्चेका वडाध्यक्ष सानु लामाले थप त्रास फैलिएको बताएका छन् । सिन्धुखबरसँग कुरा गर्दै उनले भूकम्प गएपछि पहिरोको त्रास बढेकोले तनाव थपिएको बताएका हुन् । बाह्रविसेको नागपुजेमा गएको पहिरोले तनाव भइरहेका बेला भूकम्पले त्रास थपिएको उनले बताए । राम्चेमा २०७१ सालमा ठूलो पहिरो गएको थियो । जुरे पहिरो राम्चेमै गएको हो । अहिले पानी परिरहेको र भूकम्पको केन्द्रविन्दु राम्चेमै परेकाले समस्या थपिएको उनको भनाई छ । उनले भूकम्पले जमिन हल्लाउँदा जमिन धाँजा फाट्ने र त्यहाँ पानी छिरेर पहिरोको जोखिम बढ्ने बताए । ‘गाउँतिर सबैसँग कुरा गरें, अवस्था सामान्य छ,’ उनले भने, ‘पानी परिरहेको छ, छ, फेरि पहिरो जाने त्रास थपिएको छ।’ पहिरोले धुजा–धुजा पारेको गाउँमा भूकम्पले झन् जोखिम बढाएको उनले बताए। राम्चेमै कोरोनाबाट पहिलो मृत्यु भएको र भूकम्प पनि यही आएकाले गाउँभरि त्रास बढेको उनले बताए। उनले भने, ‘मानिसहरु फेरि पनि धक्का आउँछ कि भनेर डराएका छन्।’ क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा मेलम्ची अस्पतालकाे एम्बुलेन्स घुमफिर र रमाईलाेका लागि प्रयाेग उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा