आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठसमाचारयो वर्ष बाढीपहिरोबाट सिन्धुपाल्चोकमा ७३ को मृत्यु, ४२ वेपत्ता

यो वर्ष बाढीपहिरोबाट सिन्धुपाल्चोकमा ७३ को मृत्यु, ४२ वेपत्ता


चौतारा ।

सिन्धुपाल्चोक जिल्लामा पछिल्लो यो वर्षको बर्खालागेदेखि मात्रै बाढी र पहिरोबाट ७३ जनाले ज्यान गुमाएका छन् । विभिन्न समय र स्थानमा आएका बाढी र १८ वटा ठूला पहिरोमा परी ४२ जना अझै वेपत्ता छन् । पहिरोकै कारण तीन हजार दुई सय ९७ परिवार विस्थापित भएका छन् ।
गएको असार २४ गते बाह्रविशे नगरपालिकाको जम्बुमा पहिरोमा दुई जनाको ज्यान गयो । १७ जना बेपत्ता भए । यो पीडा नसेलाउँदै जुगल गाउँपालिकाको लिदीको बस्ती भन्दा बरिब दुई सय मिटर माथिबाट आएको पहिरोले सिंगो बस्ती पुर्यो । पहिरोले ३९ जनाको ज्यान गयो । पछिल्लो दुई महिनाभित्रै मेलम्चीमा ९ जना र पाँचपोखरी थाङपाल गाउँपालिकाको बरुवामा आएको पहिरोले एक जोडी दम्पतिसहित अन्य विभिन्न ठाँउको पहिरोमा एघार जनाको मृत्यु भएको छ ।

यो वर्षको बर्खा सकिँनै लाग्दा आइतबार बाह्रविसे नगरपालिकाको घुम्थाङमा आएको पहिरोले दुई गाउँ पुर्दा ३१ जना बेपत्ता भए । अहिलेसम्म १४ जनाको मात्रै शव भेटिएको छ । अझै पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाले खोज तथा उद्धारको काम जारी राखेको जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
पहिरोबाट विस्थपित परिवार अहिले टेण्ट र त्रिपालमा आश्रित छन् । अविरल वर्षाकै कारण ठाउँठाउँमा गएको पहिरोले सडक बन्द हुँदा पीडित परवारलाई राहत पु¥याउन समस्या भएको छ । ग्रामीण भेगको सडक मर्मत हुन नसक्दा त्रिपाल,लत्ताकपडार अस्थायी शौचालय व्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधिले केही भरियालाई बोकाएर र केही हेलिकप्टरबाट राहत सामग्री ढुवानी गर्र्दै आएका छन् ।

२०७२ सालको भूकम्प गएपछि सिन्धुपालचोक जिल्लाभरिका ३२ स्थानका बस्ती बस्न उपयुक्त नरहेको भनेर अन्यत्र स्थानान्तरण गर्न भूगर्भविद्ले प्रतिवेदन बुझाएका थिए । असुरक्षित स्थान भनेर जान्दाजान्दै पनि स्थानीय प्रशासनले बस्ती स्थानान्तरण नगर्दा ठूलो क्षति भएको छ । भूकम्पले हल्लिएर धाँजा फाँटेको जमिन वर्षाको पानीका कारण गलेर पहिरोका रुपमा बग्न थालेपछि भौतिक र मानवीय क्षति हुनपुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
सिन्धुपाल्चोकका अधिकांश बस्ती बलौटे र पुरुवामाटो माथि बनेका छन् । चट्टान नमिसिएको यस प्रकारको माटो दर्विलो नहुने हुँदा पहिरोको जोखिम बढेको भूगर्भविदको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!