Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठसमाचारघुम्थाङको नागपुजे र भीरखर्कमा पहिरो, ७ घरका परिवार नै वेपत्ता , एकको शव फेला

घुम्थाङको नागपुजे र भीरखर्कमा पहिरो, ७ घरका परिवार नै वेपत्ता , एकको शव फेला


सिन्धुपाल्चोक । अविरल वर्षाका कारण गएराती बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङ नागपुजेस्थित फड्के खेतमा पहिरो जाँदा नागपुजे ,भिरखर्क गाउँ बगाएको छ । एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ७ घर र भिरखर्कमा १० घरको नामोनिशान मेटाएको छ भने, ३ घरमा क्षती पु¥याएको छ ।

बाह्रबिसे नगर ७ घुम्थाङका वडासदस्य विरबहादुर थापाका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । ती घरमा मान्छे बेपत्ता भएपछि सम्पर्क गर्ने प्रयास थालिएको छ । घटनास्थलमा पुगिसकेका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा ७ घरमा १७ जनाको बेपत्ताको सुची निकालिसकेको जानकारी दिए ।

‘एउटा शव भर्खरै फेला परेको छ ,पहिचान हुन सकेको छैन्,यकिन विवरण भने अझै आइसकेको छैन्,’उनले भने । स्थानीय, आफन्त र सुरक्षाकर्मी बेपत्ताको खोजीमा जुटिसकेका छन् ।

प्रनि न्यौपानेको नेतृत्वको सुरक्षाकर्मीको टोली बाह्रबिसे नगर ७ कै भिरखर्कमा १० घर बगाएको स्थानमा पैदल पुग्दैछ । भिरखर्कमा भने १० घर पुरिएको खबर आएपनि एकिन हुन सकेको छैन् । सुरक्षाकर्मी नपुगेको हुनाले यकिन विवरण पाउन नसकेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस