Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाचारबालुवा काण्ड : ‘पित पत्रकारिता’ शब्दबारे महासंघको ध्यानाकर्षण

बालुवा काण्ड : ‘पित पत्रकारिता’ शब्दबारे महासंघको ध्यानाकर्षण


चौतारा ।

जिल्लामा पछिल्लो समय भएको बालुवा तस्करी काण्डबारे भएका टिका टिप्पणी बारे पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले एक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारबारे सञ्चारगृह र पत्रकारविरुद्ध गरिएको टिकाटिप्पणीमा ध्यानाकर्षण गरेको हो ।
सञ्चारमाध्यममा प्रशारण, प्रकाशन भएका समाचारहरुमा ‘पित पत्रकारिता’ गरिएको भनिएको प्रति महासंघको गम्भीर भएको छ । महासंघका अध्यक्ष महेशकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित, प्रशारित सामग्रीप्रति सामाजिक सञ्जाल तथा जिल्ला समन्वय समितिको विज्ञप्तिमा पित पत्रकारिता लगायतका भाषा प्रयोग गरि गरिएको टिप्पणी तथा प्रेस विज्ञप्तिप्रति यस शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
सञ्चारमाध्यमले गलत सामग्री प्रकाशन गरे सम्पादकीय टिमसँग भावना राख्ने, आफू गलत नरहेको प्रमण पुर्याई, खण्डन गर्ने वा सो बाट समेत चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने बाटो हुँदाहुँदै पनि पित पत्रकारिताको शब्द प्रयोग गरिएको महासंघले आपत्ति जनाएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!